सुशान्त सिंह राजपुतको मृत्युको विषयमा बनाइएको फिल्मको टिजर रिलिज

डिसी नेपाल
१ वैशाख २०७८ १५:३६

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा बनाइएको फिल्मको टिजर रिलिज भएको छ । फिल्म निर्माण पक्षले यो फिल्म सुशान्तको मृत्युको विषयमा बनाइएको दावी गरेको छैन तर टिजर हेरेपछि भने सबैले फिल्मको विषयवस्तु बुझिसकेका छन् । यो फिल्मको नाम न्याय द जस्टिस राखिएको छ ।

फिल्ममा सुशान्तको भूमिकामा रहेका पात्रको नाम महेन्द्र सिंह राखिएको छ । यो भूमिकामा जुबेर के खान छन् । सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्तीको पात्रलाई उर्वशी नाम दिइएको छ र यो भूमिकामा श्रेया शुक्ला छिन् । फिल्ममा अमन वर्मा, शक्ति कपूर, असरानी लगायतका कलाकार अहम भूमिकामा छन् । फिल्मको निर्देशन दिलिप गुलाटीले गरेका हुन् ।

यो फिल्म बनाउनुअघि सुशान्तको परिवारसँग कुनै अनुमति नलिइएको भन्दै विवाद पनि बढेको छ । सुशान्तका फ्यानहरुले यो टिजरलाई असंवेदनशील भनेका छन् । अहिलेसम्म जाँच नै पूरा नभएकोमा यो विषयमा फिल्म बनाउन नहुने उनीहरुले बताएका छन् । निर्माण पक्षले भने यसलाई ११ जूनमा रिलिज गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *