नेपालको पासपोर्ट विश्वमै अत्याधिक कमजोर, सबैभन्दा कमजोर १० वटाको सूचीमा पर्‍यो

डिसी नेपाल
१ वैशाख २०७८ १६:४६

काठमाडौं। नेपालको पासपोर्ट विश्वका अत्याधिक कमजोर पासपोर्टमध्ये शीर्ष १० मा परेको छ । २०२१ को बरियता अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोर पासपोर्टको सूचीमा ८ औं स्थानमा छ । नेपालको पासपोर्टवाहकले मात्रै ३८ देशमा बिना भिसा यात्रा गर्न वा उक्त देशमा पुगेपछि अन अराइभल भिसा लिन पाउँछन् । युरोपेली र अमेरिकी प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाको पासपोर्ट भन्दा पनि नेपालको पासपोर्ट कमजोर छ ।

हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार विश्वका सबैभन्दा कमजोर पासपोर्टमध्ये शीर्षमा अफगानिस्तानको पासपोर्ट छ । अफगानिस्तानको पासपोर्ट वाहकले मात्रै २६ देशमा बिना भिसा जान वा गएर अन अराइभल भिसा लिन पाउँछन् । शीर्ष १० मा त्यसपछि इराक (२८), सिरिया (२९), पाकिस्तान (३२), यमन (३३), सोमालिया (३४), प्यालेस्टाइन (३७), नेपाल (३८), उत्तर कोरिया (३९), कोसोभो र लिबिया (४०) छन् ।

बरियतामा सबैभन्दा शीर्षमा जापानको पासपोर्ट छ । जापानको पासपोर्ट वाहकले बिना भिसा १९३ देशको यात्रा गर्न पाउँछन् । दोस्रो स्थानमा सिंगापुर छ । सिंगापुरको पासपोर्ट वाहकले बिना भिसा १९२ देश जान पाउँछन् । तेस्रो स्थानमा जर्मनी र दक्षिण कोरियाका पासपोर्ट वाहक १९१ देश भिना भिसा जान पाउँछन् । फिनल्याण्ड, लक्जेम्बर्ग, इटली र स्पेनको पासपोर्ट वाहक बिना भिसा १९० देश जान पाउँछन् ।

अस्ट्रिया र डेनमार्कका पासपोर्ट वाहक १८९ देश बिना भिसा जान पाउँछन् । यस्तै फ्रान्स, नेदरल्याण्ड, आयरल्याण्ड, पोर्चुगल र स्वेडेनका पासपोर्ट वाहक बिना भिसा १८८ देश जान पाउँछन् । बेल्जियम, न्यूजिल्याण्ड, स्विट्जरल्याण्ड, बेलायत र अमेरिकाका पासपोर्ट वाकह बिना भिसा १८७ देश जान पाउँछन् । चेक रिपब्लिक, ग्रिस, माल्टा र नर्वेका पासपोर्ट वाहक बिना भिसा १८६ देश जान पाउँछन् । अस्ट्रिेलिया र क्यानडाका पासपोर्ट वाहक १८५ देश जान पाउँछन् भने दशौं स्थानमा रहेका देशहरु हंगेरी, लिथुआनिया र स्लोभाकियाको पासपोर्ट वाहक १८३ देश बिना भिसा जान पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *