पूर्व माओवादी लडाकुसहित ३८१ जनालाई लोकतन्त्र योद्धा सम्मान

फुर्पा शेर्पा
१ वैशाख २०७८ १७:०२

काठमाडौं। सरकारले बुधबार ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित विशेष कार्यक्रममा २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेका छन्।

सम्मानितहरुलाई प्रधानमन्त्री ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएका थिए। मन्त्रिपरिषदले यसअघि लोकतन्त्रका योद्धालाई सम्मान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार उनीहरुलाई सम्मान गरिएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए। उनी लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुन्।

]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *