कोरोनाः अग्रिम रुपमा चिहान तयार पारिँदै, मजदुर नभएपछि जेसीबीको प्रयोग
काठमाडौं। दिक्षणी छिमेकी मुलुक भारतमा कोरोनोको दोस्रो लहर निकै मानवीय क्षति गरेको छ। भारतको दक्षिणी राज्य गुजरातको सुरत सहर कोरोनाले सबैभन्दा प्रभावित सहर मध्ये एक हो। यहाँ दैनिक कोरोना संक्रमित र मृतकहरुको संख्या बढिरहेको छ। अस्पतालहरुमा भेन्टिलेटर बेड भरिएका छन्।
यतिसम्मकी मानिस मरिसकेपछि उसको अन्तिम संस्कारका लागि श्मशान घाटमा पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ। श्मशान घाटामा लामो लाइन लागेको छ।
यस्तो दर्दनाक दृश्यका तस्वीरहरु आइरहेका बेला सुरतको रामनगरको अर्को हृदयविदारक तस्वीर आएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँको एक श्मशान घाटमा अग्रिम चिहान खनिएको छ। सो श्मशान घाटमा दैनिक एक दुई शव आउने गरेकोमा अहिले ९, १० शव आउने गरेको श्मशान घाट सञ्चालकले बताएका छन्।
दैनिक शवको संख्या बढेपछि सञ्चालकले अग्रिम रुपमा चिहान तयार पारेको तस्वीर आएको छ। सञ्चालकले भनेका छन्, ‘एक चिहान तयार पार्न ६–७ घण्टा लाग्छ। दै्रनिक ९–१० शव आउने गरेका छन्। त्यसैले पहिला नै चिहान तयार गरेका हौं।’
उनले चिहान खन्ने मजदुर नपाइएकाले जेसीबी मसिनको प्रयोग गरिएकोसमेत बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment