चोरी गरेको स्कुटरसहित पक्राउ
काठमाडौं । कास्कीमा स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपा गाउँपालिका–४का २० वर्षीय सन्तोष परियार रहेका छन्।
पोखरा महानगरपालिका १४ छिनडाँडास्थित खाजाघरबाट ग ९ प ४०२७ नम्बरको स्कुटर चोरी भएको थियो। स्कुटर चोरि भएको खबर पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले महानगरको वडा नं. २७ को विजयपुरदेखि तालचोक तर्फ जादैँ गरेको अवस्थामा स्कुटर सहित पक्राउ गरेको हो।
चोरीको स्कुटरसहित पक्राउ परेका परियारलाई डाँका कसुरअन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको माद थपगरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment