बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
१ वैशाख २०७८ २३:३१

काठमाडौं। बाँकेमा बुधबार राति कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचाररत खजुरा २ का एक पुरुषको निधन भएको हो। खजुराका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। दिनहुँ मृतकको संख्या पनि बढिरहेको छ। नेपालमा बेलायती भेरिअन्ट र डबल म्युटेट कोरोना भाइरस फैलिएको पुष्टि भइसकेको छ। बुधबार देशमा ५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *