भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

डिसी नेपाल
२ वैशाख २०७८ ८:२४

झापा। भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ। पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए। उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *