फर्केर हेर्दा २०७७ : बामे सर्दै गरेको चलचित्र क्षेत्रलाई ठूलो धक्का

डिसी नेपाल
२ वैशाख २०७८ ११:४१

काठमाडौं। २०७७ साल विश्व फैलिएकोे कोरोनाको महामारीका कारण हरेक क्षेत्र अस्तव्यस्त हुन पुग्यो। अझ चलचित्र क्षेत्र कोरानाबाट सबैभन्दा बढी प्रभावित भयो, कोरोनाको प्रभावबाट चलचित्र क्षेत्र आज पनि माथि उठ्न सकेको छैन।

सरकारले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लकडाउनका कारण सो मितिदेखि साउनसम्म चलचित्र हल सुनसान भए।

कोरोनाको प्रभाव चलचित्र क्षेत्रमा पहिले पनि गरिरहेको छ। कालो बादलभित्र चाँदीको घेरा हुन्छ भने झैं यो महामारीको बीचमा पनि जेठ महिनामा नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ मा फिल्म सार्वजनिक प्रदर्शनमा आएको थियो।

विश्वको प्रतिष्ठित र पुरानो मानिएको उक्त चलचित्र महोत्सव ६६ औं संस्करण हो। विश्वभरका ६५ सयभन्दा बढी फिल्महरूबाट एक सय फिल्म छनौट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छनौट भएको थियो। उक्त चलचित्र जुत्ता–चप्पल उल्टो लगाउने सानी नानीको कथामा आधारित चलचित्र हो।

लकडाउनको अवधिभर सामान्य केही म्यूजिक भिडियोहरु बने पनि कुनै पनि चलचित्र बन्न सकेन। यसैगरी असोज महिनामा चलचित्र ‘प्रसाद २’ मा विपिन कार्की र नम्रता श्रेष्ठको जोडीको अभिनय रहने गरी सम्झौता भयो। ‘प्रसाद’ मा सर्वाधिक रुचाइएको यो जोडीलाई निर्माण युनिटले सिक्वेल ‘प्रसाद २’ मा पनि दोहोर्याउँदै तिहार पछि मंसिरमा छायाँकन भएको थियो। उक्त चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन्।

२०७६ सालको फागुनमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘आमा’ ०७७ असोजमा अष्ट्रेलियाको तासमानिया हलमा प्रदर्शन भएको थियो।
त्यस्तै कोरोना संक्रमित बढ्दो भएको कारण सरकारले फिल्म क्षेत्र माथिको प्रतिबन्ध नहटाएको अवस्थामा पनि चलचित्र आश्रमको छायाँकन तथा निर्माणकार्य सम्पन्न भएको थियो।

निर्देशक मेरोन राजभण्डारी रहेको फिल्ममा एलमिता केसी, नविस कठायत, किमत गौतम, अनुष्का तिमल्सिना, कौशल दाहाल, पल्पसा श्रेष्ठ, बालकलाकार श्रीयन राजभण्डारी, श्रद्धा महर्जन, टिसा राजभण्डारी, सिवानी खड्कालगायतको अभिनय रहेको छ।

०७६ सालमा राम्रो चर्चा कमाएको चलचित्र फिल्म ‘ए मेरो हजुर–३’ ले कातिक २५ गतेदेखि केही सातासम्म युट्यूबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भयो। उक्त चलचित्र अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। अनोमल केसी, सुहाना थापा, सलोन बस्नेत लगाएत अन्य कलाकारहरुको प्रमुख भूमिका रहेको छ।

कातिक २० गते ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा नेपाली लघु फिल्म ‘आइसक्रिम’ ले दुई अवार्ड जितेको छ। अभिनेत्री र सम्पादन गरी दुई विधामा उक्त चलचित्रले अवार्ड जितेको हो। चलचित्रमा योगिशा खत्रीको मुख्य भूमिका रहेको छ।

कातिकमै अर्को चलचित्र ‘चिलगाडी’ निर्माण गर्ने घोषणा भयो। सामाजिक कथाको आधारमा बन्न लागेको चलचित्रमा नाजिर हुसेनको प्रमुख भूमिका रहेको छ।

मंसिरमा भने सर्ट चलचित्र ‘२०२०’ सार्वजनिक भयो। पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् ।

सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ।
मंसिरमानै केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ।

अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन्। अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन्।

अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन्। टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिबार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ मा मल्ललाई सो सम्मान दिइएको हो। तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्दै मल्ललाई सम्मान गरिएको हो।

पुषमा चलचित्र ‘आरम्भ’ को छायाँकन सुरु भयो। मीनकुमार अधिकारीको प्रस्तुति रहेको फिल्म शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सुरु गरिएको थियो।

विशाल अग्रवाल, देव महर्जन, प्रिज्योल भण्डारी, रोशिका राया, अमृता मगर, डिके हमाल, करण साउद, मिठु मगर, गंगा कुँवर, सन्तोष पराजुली र शंकर अधिकारी घायललगायतको अभिनय रहने फिल्ममा रहेको छ।

माघ महिना चलचित्र ‘डिसेम्बर फल्स’ को छायाँकन सुरु भयो। अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य अभिनय रहेको उक्त चलचित्र पोखराबाट सुटिङ सुरु भएको हो।

चलभित्रमा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको पनि अभिनय रहेको छ। ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक भयो। नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढावका विषय फिल्मले कथाको रुपमा उठाएको छ।

रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको फिल्म ‘एक लभर’ आधा घण्टा अवधिको रहेको छ। माघमै चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरियो। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको थियो।

फागुनमा कोरोनाको कारण रोकिएको नेफ्टा फिल्म अवार्ड फागुनको अन्तिम साता २९ गते आयोजना भायो। टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने गरेर उक्त आयोजना गरिएको थियो।

चलचित्र ‘फटाहा फणिन्द्रे’ मा बुद्धि तामाङ र रवि डंगोलको प्रमुख भूमिका रहेको छ। निर्देशक अरुण खड्काले गरेका छन्। यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए। फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण भएको हो। कोरोना कहरकाबीच पनि नेपाली चलचित्र क्षेत्रमा केही काम नभएका भने होइनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *