ट्राफिक प्रहरी महाशाखाद्वारा चोरी भएका मोटरसाईकल फिर्ता

डिसी नेपाल
२ वैशाख २०७८ १५:१०

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यका लगाएत विभिन्न ठाउँमा चोरी भएका २६ वटा दुई पाङ्ग्रे सवारी साधन पक्राय गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको छ। महाशाखाले बिहीबार चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल  सम्बन्धीत साहुलाई जिम्मा लगाएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईल चोरीका घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियामा ल्याउन प्रहरी तीब्र रुपमा लागिरहेको बताए।

अधिकांश मोटरसाईकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी
नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाईएको छ,” उनले भने।

पक्राउ परेका मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट खोजतलास गरीएको र त्यसपश्चात सबै धनीलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई
पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *