नयाँ वर्षको पहिलो कारोबारको दिन पनि सेयर बजारमा नयाँ कीर्तिमान
काठमाडौं। नयाँ वर्ष २०७८ को पहिलो कारोबारोको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबार नेप्से २० दशमलव ६७ अंकले बढेर २७ सय ३५ दशमलव ४६ अंककम बन्द भएको छ। जुन नेप्से इतिहासकै उच्चतम विन्दु हो।
यसअघि नव वर्षको पहिलो दिन बुधबार सार्वजनिक विदाका कारण बजार बन्द थियो। बिहीबार कारोबार रकम पनि बढेको छ। यस दिन कुल २ सय १८ कम्पनीको एक करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोड ६६ लाख भन्दा धेरै रकमको कारोबार भयो।
कारोबारका आधारमा यस दिन एनआइसी एसिया लघुवित्त अग्रस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड रुपैयाँ भयो। उक्त कम्पनीको मूल्य पनि करिव १० प्रतिशतले बढेको छ।
त्यस्तै निफ्राको पनि ४९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य बढेर ५ सय ९४ रुपैयाँ कायम भएको छ। यस्तै मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले घटेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment