विद्यार्थीलाई जबरजस्ती मोजा सुँघाउने शिक्षक बर्खास्त, पक्राउ गरी अनुसन्धान गरिँदै

डिसी नेपाल
२ वैशाख २०७८ १६:०६

काठमाडौं। चीनमा आफूले पढाउने साना बालबालिकालाई जबरजस्ती आफ्नो मोजा र खुट्टा सुँघ्न बाध्य पार्ने एक शिक्षकलाई बर्खास्त गरिएको छ । उनलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाइएको छ । सामाजिक संजालमा भिडियो भाइरल भएपछि यी शिक्षकको पहिचान भएको थियो । एक व्यक्तिले यी शिक्षकको भिडियो सामाजिक संजाल वाइबोमा पोस्ट गरेका थिए ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यी शिक्षकको पूरा नाम खुलाइएको छैन, उनको थर ल्यु हो । उनले दक्षिण पूर्वी चीनको रुएजिन सहरमा एक निजी स्कुलमा पढाउँथे । यो स्कुलको संचालन आरवाइबी एजुकेसनले गर्छ । पीडित बालककी आमाले स्कुलले आफूलाई सम्पर्क गरेको बताएकी छिन् । आमाका अनुसार उनका छोराले शिक्षकको खुट्टा सुँघेको बताइँदा उनले गल्तीवश यस्तो भएको ठानेकी थिइन् तर पूरै कुरा सुनेपछि मात्रै उनले यो शोषणको घटना भएको थाहा पाएकी थिइन् । शिक्षकको यो काम भिडियोमा रेकर्ड गर्ने व्यक्तिले स्कुलले शिक्षकलाई बर्खास्त गर्दैमा सबै ठिक नहुने बताएका छन् । स्कुल प्रशासनले पनि यस विषयमा पुलिस र प्रशासनलाई सहयोग गर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *