कोरोनाः १४ जिल्ला उच्च जोखिममा, विद्यालयमा नजान अपील

डिसी नेपाल
२ वैशाख २०७८ १६:५४
536
Shares

काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै काठमाडौंसहित १४ जिल्लालाई उच्च जोखिम भएका जिल्लामा राखेको हो।

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, पर्सा, बारा, मोरङ, वागलुङ, दाङ, बाँके, सुर्खेत र कैलालीलाई उच्च जोखिममा राखिएको छ। यी जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था भए पनि बन्द नगरिएको मन्त्रालयले बताएको छ। तर, विद्यालयलगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपील गरिएको छ। मन्त्रालयका अनुसार बिहीबारमात्र ४९० जना नयाँ संक्रमित थपिएका छन्।

काठमाडौंलगायतका जिल्लामा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको भन्दै सरकारले यसअघि पनि कडाइका लागि अनुरोध गरेको थियो। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विद्यालय बन्द गर्न सुझाव दिए पनि निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएपछि सरकारले विद्यालय बन्दको निर्णय लिन सकेको छैन।

यस्तै सरकारले कोरोना उपचार शुल्कको सीमा पनि तोकेको छ। ५० प्रतिशतभन्दा बढाउन नपाउने गरी निजी अस्पतालले औषधिबाहेक अस्पताल खर्च जटिल बिरामीका लागि ७ हजार रुपैयाँ तोकिको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *