मनपरी म्यासेज पठाउने हाकिमलाई महिला कर्मचारीले अफिसमै रामधुलाइ कुटिन् (भिडियो)

डिसी नेपाल
२ वैशाख २०७८ १७:१३

काठमाडौं। चीनमा एक महिला कर्मचारी चर्चामा छिन् । यी महिलाले आफ्ना हाकिमलाई अफिसमै रामधुलाइ कुटेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी महिला कर्मचारीका अनुसार उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अश्लील म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधुलाइ कुटेकी हुन् ।

घटना हेलोङजियाङ प्रान्तको भएको बताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कुट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफूलाई बचाउने प्रयास गरिरहन्छिन् । महिलाले हाकिमको मुखमा पानी फ्याँकिदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् । द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अश्लील म्यासेज पठाएको बताएकी छिन् । उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्थे ।

रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घटनापछि उनलाई बर्खास्त गरिएको छ । सिन्ह्वाको रिपोर्टअनुसार जाँचपछि ती व्यक्तिलाई दोषी पाइएको छ । उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घटनापछि उनलाई बर्खास्त गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *