विद्यालय सञ्चालनबारे शिक्षा मन्त्रालयको ३ बुँदे निर्देशन, स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने

डिसी नेपाल
३ वैशाख २०७८ १६:०३

कामठाडौं। कोरोना संक्रमण बढेपछि सरकारले विद्यालय सञ्चालनबारे ३ बुँदे निर्देशन जारी गरेको छ। शुक्रबार शिक्षा मन्त्रालयमा बसेको बैठकपछि मन्त्रालयले तीन बुँदे निर्देशन जारी गरेको हो। निर्देशन अनुसार कोरोनाको उच्च जोखिम रहेका जिल्लाहरुमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को समन्वयनमा सम्बन्धित स्थानीय तहले विद्यालय बन्द वा सञ्चालनको निर्णय लिन सक्ने भनेको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार एक अपील जारी गर्दै विद्यार्थीलाई विद्यालय नपठाउन अपील गरेको थियो। स्वास्थ्य मन्त्रालयको अपीलपछि अभिभावकहरुमा अन्योलता देखिएको थियो। तर, शुक्रबार शिक्षा मन्त्रालयले जोखिम हेरेर स्थानीय तहले निर्णय गर्न सक्ने निर्देशन दिएपछि अब त्यसको जिम्मेवारी स्थानीय तहमा आइपरेको छ।

मन्त्रालयले कोरोना बढेका १४ वटा जिल्लामा आलोपालो प्रणालीमा पनि विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिएको छ। यस्तै विद्यालयमा भिडभाड हुने कुनै पनि सभा सम्मेलन नगर्न भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *