एमालेका ४ प्रदेश सदस्यलाई कारबाही गर्न सिफारिस, जाने भयो पद

डिसी नेपाल
३ वैशाख २०७८ १९:२९

काठमाडौं। नेकपा एमालेका ४ जना प्रदेशसभा सदस्यहरुलाई पद मुक्त गर्न पार्टीले सिफारिस गरिएको छ। कर्णाली प्रदेशसभामा शुक्रबा। फ्लोर क्रस गर्ने ४ जना सदस्यहरुलाई कारबाही गर्न एमाले प्रदेश संसदीय दलले पार्टीको केन्द्रीय समितिलाई सफारिस गरेको हो।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको पक्षमा मतदान गर्न एमालेका ४ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका थिए। ह्वीप उल्लंघन गर्ने प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको प्रदेशसभा मुख्य सचेतक गुलावजंग शाहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *