मर्केलले लगाइन् अस्ट्राजेनिकाको खोप

डिसी नेपाल
३ वैशाख २०७८ २०:३१

बर्लिन । जर्मनीकी चान्सलर एन्गेला मर्केललाई शुक्रबार कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।

पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए ।

उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले शुक्रबार खोप लगाउनुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छन् ।

चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिइन् । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।

खोपले कोरोनाभाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो ।

झण्डै १६ बर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लागेकी ६६ बर्षिया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *