घुमाउरो धन्यवाद (कथा) – Dcnepal

घुमाउरो धन्यवाद (कथा)

राजनीतिले निम्त्याएको संस्कृति त्यति सजिलै आत्मसात गर्न सकिन्न कि। भौतिक वा व्यवहारिक शैलीले स्वीकार गरे पनि मानसिकरुपले स्वीकार गर्न समय लाग्छ क्यार! यस्तै खालको सानो झिल्का हो यो। मैले यस्तै गुनेँ।

पर्यटक वा पथिकहरुको सुविधाका लागि भौगोलिक स्थिति र बाटाको दरी हेरेर चमेना पसल र बास भेटिन्थे। स्थानीय ग्रामबासी नै पसलका स्वामी र संचालक हुन्थे। पथिकका लागि चाहिने अत्यावश्यक कुरा जो बाहिरबाट आयात गर्नुपर्ने हुन्थ्यो, ती बाहेक धेरै कुरा भोज्य पेय परिकार स्थानीय उत्पादनबाट लिइन्थे। म पथप्रदर्शक भएको हुनाले यस्ता कुरा जान्दै रहन्थे।

यात्राका क्रममा भेटिने पसल अत्यन्त शान्त सुन्दर सजावट, त्यसै बिसौनी मारौँ जस्तो लाग्ने परिवेश। निम्न उचाइका हरित पर्वतमाला र तिनका गर्भबाट प्रवाहित हुने शीतल पानीको अविरल गतिले संचार गरेको ध्वनि कम संगीतमय लाग्दैनथ्यो। फेरि बेलाबेला चराचुरुंगीको मिश्रित गायनले कम रोमांचित गराउँदैनथ्यो।

माओवादी आततायी र सरकार दुवै दोषी छन्। नत्र यो स्थिति आउने नै थिएन। न खस आर्य यसरी गिरिन्थे न बसाइ सर्न विवश हुन्थे, न गाई भैँसी पाल्न रोकिन्थ्यो न दुधको अभाव हुन्थ्यो न कुकुर र सुँगुरको दुूध उपयोगमा ल्याइन्थ्यो। यी सबै समस्याको जड भनेकै आततायीहरुको एकतर्फी छापामार आक्रमण हो। र त्यसको प्रतिफल हो। यस पर्यटकको दुर्दशा हेतु फगत आततायी हो।

मैले अनुभव लिएको ऊ बेलाको दृश्य स्मृति श्रृंखलाबाट तानेर जोडेँ। छोरी भएको लिम्बू (किराँत) जातिको घर आँगन यस्तै सफा सुग्घर हुन्थ्यो। परैबाट थाहा हुन्थ्यो–यो घरमा छोरी रहेछन्। मगरहरुको बस्तीमा पनि घुमेँ, गुरुङहरुको बस्तीमा पनि घुमेँ, सबैका घर सफा र आकर्षक। थकाली र नेवारका घर व्यापारिक दृष्टिले स्वच्छ सुध्घर देखिनु अनिवार्य थियो।

पर्यटकहरु यदि चीन जापान, कोरिया, मलेसिया थाइल्याण्ड कम्बोडिया वर्मा, भियतनाम पुगिसकेका हुन्थे भने उस्तै उस्तै खालको स्वरुप र सौन्दर्य भन्ने थिए कि यहाँका मानव शरीरलाई देखेर। किन्तु स्वागत सम्मान वा आतिथ्य प्रदान गर्ने मौकामा यस्ता पसलका युवतीहरु वा किशोरीहरु बिल्कुल पृथक संस्कृति र परिवेशबाट प्रस्तुत हुन्थे।

हो पसल्नीहरुको नौलो भिन्न देखिने संवाद कौशल र आत्मीय भावको सम्प्रेषणले पथिकहरुलाई बाटो काटेर जान मुश्किल हुन्थ्यो। त्यसैले पसलमा एकछिन बिसौनी मार्थे, चिया कफी पिएर पसलको मान राख्दिन्थे संस्कृति र सौन्दर्यको कदर गरिदिन्थे। पसल्नीहरुको मन राखिदिन्थे अनि बाटो लाग्थे। यो सामान्य ढंगको तर नियमित यात्रा सन्दर्भ हुने गथ्र्यो। मैले यस किसिमको चर्यालाई सधैँ हृदयदेखि नै सम्मानको भावले हेरेँ।

तर यसपटक यो समूहमा एउटा नौलो घटना भयो। पसलबाट निस्केर बाटो लाग्नासाथ एउटा साथीले सुंगुर दुहेको दृश्य देखेछ। फेरि उसका मनमा कुरा खेले। उसलाई बिसन्चो चढ्यो। कु्नै रोगले अकस्मात आक्रमण गरेझैँ लाग्यो। ऊ आफ्नो ब्याग मिल्काएर पछारियो। बेसरी वान्ता ग-यो। फेरि अर्कोलाई पनि त्यस्तै भो।

तुरुन्तै हेलिकप्टर झिकाएर दुवै बिरामीलाई अस्पताल लग्यौँ। पसलकी एउटी युवती पनि सँगै थिइन्।
निरीक्षणपछि थाहा भो खानाको कारणले यस्तो भएको रहेछ। अब कहाँ के खायो र त्यो कुन वस्तु हो भनेर बुझ बयानपछि टुंगो लाग्यो सुंगरको दूधमा कफी बनाएको रहेछ।

युवतीले सुँगुर दुहेको दृश्य देखेपछि नै ऊ बिरामी भएको थियो । शायद मनोदशा र संस्कृतिक चेतनाका कारण ऊ बिरामी भएको हो भन्ने निष्कर्ष रह्यो।

अब हामी युवतीको वयान सुन्न थाल्यौँ, ‘पसलमा धेरै पहिलेदेखि कहिले सुँगरको कहिले कुकुर्नीको दूधको चिया कफी चल्छ। उहाँ सरलाई बानी थिएन क्यार! थाहा पाउनु भयो कि त्यसैले उहाँलाई पचेन छ।’

युवतीले दिएको बयानको निष्कर्ष यति नै थियोः आततायीको एकातर्फी आक्रमण हुनाले पछि खास गरी खस आर्यलाई तिनले तारो बनाए। तिनको पशुधनमाथि पनि धावा बोले । तिनका गुरु पुरोहितलाई पनि खोलामा हालेर मारे। जो बचेका थिए ती पनि बसाइ सरेर गए। त्यो काम हामिले गरेको भए पनि हन्थ्यो अगि—अगि गरेकै हो। फेरि भैंसीलाई राँगो गाईलाई गोरु कहाँ खोज्दै हिड्नु भनेर झंझट लाग्यो। त्यो बाटो नै बन्द भयो। यसै मजा छ। को पस्ने घारीमा।

हो जहाँ जुन प्राणीको चल्ती हुन्छ त्यसैको दूध उपयोगमा ल्याइन्छ। उँट र घोडाको दूध पनि त सेवन गरिन्छ। भेडा र बाख्राको त आमजस्तै भएको छ। हाम्रो साथी शाकाहारी भएर हो कि! होला शरीरको प्रकृति पनि फरक फरक हुन्छ कसैलाई कुनै कुरा पथ्य हुन्छ कुनै अपथ्य।

युवतीले दिएको बयानको निष्कर्ष यति नै थियोः आततायीको एकातर्फी आक्रमण हुनाले पछि खास गरी खस आर्यलाई तिनले तारो बनाए। तिनको पशुधनमाथि पनि धावा बोले । तिनका गुरु पुरोहितलाई पनि खोलामा हालेर मारे। जो बचेका थिए ती पनि बसाइ सरेर गए।

त्यो काम हामिले गरेको भए पनि हन्थ्यो अगि—अगि गरेकै हो। फेरि भैंसीलाई राँगो गाईलाई गोरु कहाँ खोज्दै हिड्नु भनेर झंझट लाग्यो। त्यो बाटो नै बन्द भयो। यसै मजा छ। को पस्ने घारीमा।

त्यसैले अब गाउँमा न गाई भैँसी छन् न दूध पाइन्छ। पर्यटकलाई चाहिने चिया कफीका लागि दूध नपाएपछि हामीले कि कुकुरको कि सुँगुरको दूध प्रयोग गर्न थालेका हौँ। यसमा हाम्रो दोष छैन। राज्यले हाम्रा लागि यहीमात्र बाटो खोलेको छ। नत्र हाम्रो ब्यापार कसरी चल्छ? बटुवाले चिया कफी कसरी पिउँछन्?

निरीक्षणपछि थाहा भो खानाको कारणले यस्तो भएको रहेछ। अब कहाँ के खायो र त्यो कुन वस्तु हो भनेर बुझ बयानपछि टुंगो लाग्यो सुंगरको दूधमा कफी बनाएको रहेछ। युवतीले सुँगुर दुहेको दृश्य देखेपछि नै ऊ बिरामी भएको थियो । शायद मनोदशा र संस्कृतिक चेतनाका कारण ऊ बिरामी भएको हो भन्ने निष्कर्ष रह्यो।

हो पनि। माओवादी आततायी र सरकार दुवै दोषी छन्। नत्र यो स्थिति आउने नै थिएन। न खस आर्य यसरी गिरिन्थे न बसाइ सर्न विवश हुन्थे, न गाई भैँसी पाल्न रोकिन्थ्यो न दुधको अभाव हुन्थ्यो न कुकुर र सुँगुरको दुूध उपयोगमा ल्याइन्थ्यो। यी सबै समस्याको जड भनेकै आततायीहरुको एकतर्फी छापामार आक्रमण हो। र त्यसको प्रतिफल हो। यस पर्यटकको दुर्दशा हेतु फगत आततायी हो।

जसले गाईको दूध खान्छ उसले गाई खाँदैन, जसले कुकुर र सुँगर खान्छ उसले त्यसको खाँदैन? कसरी बुझ्नु? किन्तु खस आर्य त प्रत्येक प्रााणीको गुन देख्छ।

तर आततायीले एक पक्षीय आकस्मिक आक्रमण गरेर धर्म, संस्कृति तथा सामाजिक सम्बन्ध र द्रव्यको संसारमा जुन खलल मचायो वा उराल ल्यायो यो हेरेर त्यस तत्वप्रति नागबेली नै सही धन्यवाद ज्ञापन त गर्नैपर्छ। यस अर्थमा हामी उदार देखिन पर्छ कि। नत्र माओवादी आततायीको पुरुषार्थका सुपरिणाम देख्न पाइन्थ्यो र! मैले यस्तै गुनें।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो