कैदीको नम्बरको ट्याटु बनाउने महिला जेलरलाई जेल सजाय

डिसी नेपाल
४ वैशाख २०७८ १०:०४

काठमाडौं। बेलायतमा एक महिला जेलरलाई कैदीसँगको प्रेमसम्बन्धको खुलासापछि जेल सजाय सुनाइएको छ । एकारलेट एल्डरिच नामकी यी महिलाले कैदीसँग प्रेमसम्बन्ध राख्नुको साथै ती कैदीलाई मोवाइल र सिमकार्डको पनि व्यवस्था गरेकी थिइन् । यी महिला अधिकारीको मेडिकल परीक्षणको क्रममा जेलका अधिकारीहरुले यसबारे थाहा पाएका थिए ।

यो मेडिकल परीक्षणको क्रममा स्कारलेटको थाइमा एक गोप्य ट्याटु बनाइएको पाइयो । यो ट्याटुमा ती कैदीको नम्बर लेखिएको थियो । स्कारलेटले योर्कको फुल सटन जेलमा काम गर्थिन् । यस क्रममा उनको एक अपराधीसँग प्रम भएको थियो त्यसपछि स्कारलेटले यी कैदीको लागि मोबाइल र सिमकार्डको व्यवस्था गरेकी थिइन् ।

डेलीमेलका अनुसार उनले यी कैदीलाई केही पत्र पनि लेखेकी थिइन् । स्कारलेटलाई सजाय सुनाउँदै न्यायाधीशले भने ‘अपराधीसँग नजिकको सम्बन्धका खतराबारे तपाइँलाई थाहा थियो । यति हुँदाहुँदै पनि तपाइँले यस्तो कदम उठाउनुभयो । तपाइँको यो कदमले उच्च सुरक्षा जेलको सुरक्षा प्रभावित भएको छ र तपाइँमाथि प्रशासनले गरेको विश्वासलाई तपाइँले तोड्नुभएको छ ।’

स्कारलेटले आफ्नो सफाइमा आफूले मोवाइल केवल ती कैदीसँग कुरा गर्नका लागि दिएको र कुनै पनि तरिकाले जेलको सुरक्षा प्रभावित पार्न नचाहेको बताएकी थिइन् । उच्च सुरक्षा जेल भएका कारण स्कारलेटको यो कदमलाई गम्भीर मानिएको छ र उनलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कारलेट र ती कैदीले जेलको वर्कशपमा कुरा गर्ने गरेको देख्दा उनीहरुबारे शंका पहिल्यै भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *