लालु यादव जेलमुक्त

डिसी नेपाल
४ वैशाख २०७८ १३:५२

काठमाडौं। चारा घोटाला मामिलामा जेल सजाय काटिरहेका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव जेलमुक्त भएका छन् । राष्ट्रिय जनता दलका प्रमुख लालुलाई झारखण्ड हाइकोर्टले जमानत दिएको हो । न्यायाधीश अपरेश सिंहको अदालतमा शनिबार भएको सुनुवाइमा उनलाई जमानत दिइयो । उनले १ लाख रुपैयाँ मुचुल्का र १० लाख रुपैयाँ जरिवान दिनु पर्नेछ । यो रकम बुझाएपछि उनी जेलबाहिर हुनेछन् ।

अदालतले जमानतमा जेलबाहिर रहेको समयमा लालु यादव देशबाहिर जान नपाउने बताएको छ । देशबाहिर जानु परे उनले अदालतको अनुमति लिनुपर्नेछ । यसका साथै उनले आफ्नो ठेगाना र मोबाइल नम्बर परिवर्तन गर्न पाउने छैनन् । दुमका ट्रेजरी मामिलामा आधा सजाय पूरा गरेपछि लालुलाई जमानत दिइएको हो । अन्य मामिलामा जमानत पाइसकेका लालु यही मुद्दामा जमानत नपाएका कारण जेलमुक्त हुन सकेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *