सर्वांग नाङ्गो अवस्थामा मोवाइलले गुप्तांग छोपेर सांसद बैठकमा उपस्थित भए

डिसी नेपाल
४ वैशाख २०७८ १५:१३

काठमाडौं। क्यानडामा एक सांसद आफ्नो हर्कतका कारण आलोचित भएका छन् । जुम बैठकमा ती सांसद सर्वांग नाङ्गो अवस्थामा उपस्थित भएका थिए । उनले गुप्तांग भने मोवाइल फोनले छोपेका थिए । उनको यो हर्कतको कडा निन्दा भइरहेको छ । त्यहाँकी एक महिला सांसदले यो घटनालाई सहन नसकिने बताएकी छिन् ।

ग्लोबल न्युजका अनुसार क्युबेकका सांसद विलियम अमोस सत्ताधारी लिबरल पार्टीको तर्फबाट सांसद छन् । यो घटनाप्रति उनकै पार्टीका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटना भएका बेला बैठकमा प्रश्नोत्तर सत्र चलिरहेको थियो । यही बेला सांसद अमोसको क्यामेरा अन भयो र उनी निर्वस्त्र अवस्थामा देखिए । यो घटनाप्रति विपक्षी पार्टीकी सांसद क्लाउडे बेलेफियोलीले कडा प्रतिक्रिया व्यक्त गरेकी छिन् ।

बेलेफियोलीले भनिन् ‘यो सब सहन सकिन्न । सांसदहरुले ठिक तरिकाले कपडा लगाउनुपर्छ । यस किसिमका साना साना कुराहरु बताइरहनु जरुरी हुनु हुँदैन । खासगरी पुरुष मित्रहरु यसको ख्याल गर्नुस् । उहाँहरुले टाइ र ज्याकेट लगाउनु पर्छ । पछिल्लो समय सांसदहरु हाफ पाइन्ट लगाएरै बैठकमा सहभागी भएको देखिएको छ ।’ क्यानडामा सांसदको लागि निश्चित ड्रेस कोड छैन तर पुरुषहरुले बिजनेस सुट, ज्याकेट, सर्ट र टाइ लगाएको राम्रो मानिन्छ ।

विलियम अमोसले यो घटनापछि सामाजिक संजालमार्फत माफी मागेका छन् । उनले भनेका छन् ‘मबाट आज ठूलो गल्ती भएको छ । यसको लागि म लज्जित छु । मेरो क्यामेरा गल्तीवश खुला रह्यो । मैले बैठकको कपडा फेरेर जगिङको कपडा लगाउन थालें । बैठकमा सहभागी सबै मित्रहरुसँग माफी चाहन्छु । म विश्वास दिलाउन चाहन्छु कि फेरि यस्तो घटना हुने छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *