कोरोनाकालमा कुम्भ मेलामा पुगेर पूर्वराजा ज्ञानेन्द्र फर्किए, बाजा बजाएर स्वागत (लाइभ)

डिसी नेपाल
५ वैशाख २०७८ १६:१८

काठमाडौं। भारतमा कोरोना संक्रमण तिब्ररुपमा फैलाउन सघाउ प्रयाएको हरिद्वार कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र आइतबार स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजाकै झल्को दिनेगरी स्वागत गरिएको छ। विभिन्न राजावादी संघसंस्थाहरुले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई धुमधाम बनाएका हुन्।

स्मरण रहोस कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना तिब्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कुम्भलाई सुपर स्प्रेड इभेन्ट भनिएको छ। ज्ञानेन्द्रले भारतमा रहँदा भेटेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत संक्रमित भएका छन्। कुम्भ मेला आयोजकले ज्ञानेन्द्रलाई हिन्दु राजाकै हैसियतमा निमन्त्रणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *