कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै राहुल गान्धीद्वारा चुनावी र्यालीमा सहभागी नहुने जानकारी
नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरुलाई स्थगित गरेका छन् ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् ।
विपक्षी नेता गान्धीले ट्वीटर सन्देशमा भनेका छन्, “कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै र्यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने र्यालीहरुका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बनौँ ।”
पश्चिम बंगाल विधानसभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ। अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरुले दैनिकजसो चुनावी सभा तथा र्यालीहरु गर्दै आएका छन् ।
शनिबार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा उक्त राज्यको भ्रमण गर्ने तयारी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment