दिल्लीमा ६ दिनको लागि लकडाउन घोषणा

डिसी नेपाल
६ वैशाख २०७८ १४:२१

काठमाडौं। भारतको राजधानी दिल्लीमा आज राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्म लकडाउन गरिने भएको छ । दिल्लीका उपराज्यपाल अनिल बैजालसँगको भेटपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् ।

केजरीवालले भने, ‘दिल्लीमा अहिले चौथो लहर आएको छ छ । तेस्रो लहरमा हरेक दिन ८ हजार ५ सय केसहरु देखा परिरहेका थिए। विश्वका थुप्रै ठूला शहरहरूमा ६ हजार दैनिक संक्रमणले गर्दा स्वास्थ्य प्रणाली तहसनहस भयो । अहिले दिल्लीमा चौथो लहरमा दैनिक २५ हजार बिरामी थपिने भएकाले हाम्रो स्वास्थ्य प्रणाली संकटमा छ । यो आफ्नो सीमामा पुगेको छ । यदि अब पनि कडा कदम चालिएन भने स्वास्थ्य प्रणाली धराशायी हुनेछ । हिजो एउटा अस्पतालको अक्सिजन समाप्त भयो। ठूलो दुर्घटना हुनबाट मुस्किलले बच्यो ।

यी विषयमा उपराज्यपालसँग छलफल गरिएको केजरीवालले बताए । उनले अगाडि भने ‘दिल्लीको स्वास्थ्य प्रणाली अब ठूलो मात्रामा बिरामीहरु धान्न सक्षम छैन । यदि अब पनि लकडाउन नगर्ने हो भने दिल्ली खराब अवस्थामा पुग्नेछ । आज राती १० बजेदेखि अर्को सोमबार बिहान ५ बजेसम्मक ६ दिनको लागि लकडाउन लगाइँदैछ । जरुरी सेवाहरु जारी रहनेछन् । खानपिनको र मेडिकल व्यवस्था जारी रहनेछन् । ५० जना सहभागी भएर विवाह गर्न सकिनेछ । यसका लागि छुट्टै पास जारी हुनेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *