‘सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी’

डिसी नेपाल
७ वैशाख २०७८ १७:४८
92
Shares

सान्टियागो । चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ ।

सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ ।

चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिगो यानेजले सञ्चारकर्मीसँग कुरा गर्दै चिली सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको छ भने ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म करिब ११ लाख ३१ हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने २५ हजार २७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा ५ प्रतिशतले कमी आएको जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *