अमेरिका र पश्चिमा मुलुकलाई पुटिनको चेतावनीः सीमा रेखा पार नहोस्
मस्को (एजेन्सी)। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र पश्चिमा मुलुकलाई चेतावनी दिँदै सीमा रेखा पार नगर्न भनेका छन्। बुधबार देशवासीका नाममा सम्बोधन गर्दै पुटिनले बेलारुसमा सत्ताच्युतको प्रयास भइरहेको भन्दै त्यसको कडा आलोचनासमेत गरेका छन्। उनले अहिले केही प्रतिबन्धहरुले सीमा रेखा पार गर्न लागेको भन्दै कडा चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। पुटिनले बुधबार वार्षिक सम्बोधनमा बेलारुस, युक्रेनबारे बोलेका हुन्।
अहिले अमेरिका र पश्चिमा मुलुकले रुसमाथि दबाब बनाइरहेका छन्। अमेरिकाले हालै रुसमाथि प्रतिबन्ध लगाउँदै केही कूटनीतिज्ञलाई देश निकाला गरिदिएको थियो। जवाफमा रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई निकालेको थियो।
पछिल्ला दिनहरुमा रुसले युक्रेनको सिमामा ठूलो संख्यामा सेना परिचालन गरेको छ। जसलाई पश्चिमा देशहरुले आफूमाथिको खतराका रुपमा बुझेका छन्। जवाफमा अमेरिकाले पनि त्यसतर्फ युद्धपोत पठाएको छ। रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति पुटिनले आफ्नो कडा भनाइ राखेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment