सीमा क्षेत्रबाट रुसले आफ्ना सेनालाई फिर्ता बोलायो

डिसी नेपाल
९ वैशाख २०७८ २१:४६
1.8k
Shares

मस्को (एजेन्सी)। विगत लामो समयदेखि युक्रेनसँगको सीमा क्षेत्रमा ठूलो संख्यामा सेना तैनाथ गरेको रुसले सेनालाई फिर्ता बोलाएको छ। रुसी रक्षामन्त्री सर्गेइ शोइगुले सेनालाई फिर्ता बोलाएका हुन्। उनले सीमा क्षेत्रमा सेनाले आफ्नो सैन्य अभ्यास पूरा गरेर लक्ष्य प्राप्त गरिसकेकाले सेनालाई आफ्नो स्थायी शिविरमा फिर्ता बोलाइएको बताएका छन्।

उनले वायु सेनाका दुई टुकुडीलाई फिर्ता बोलाएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनमा चर्किएको संघर्षकाबीच सेनाले सीमा क्षेत्रमा सेना तैनाथ गरेपछि रुसले युक्रेनमाथि आक्रमण गर्ने सक्ने चर्चा चलेको थियो। रुसले सीमा क्षेत्रमा करिब १ लाख सेना परिचालन गरेको पश्चिमा मुलुकहरुले बताउँदै आएका छन्। युरोपेली नेताहरुसँगको छलफलमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले युरोपेली नेताहरुसँग रुसले सेना परिचालन गरेको विषयमा कुरा गरेका थिए।

२०१४ मा रुसले क्राइमियालाई आफ्नो कब्जमा लिएसँगै युक्रेनसँग उसको तनाव जारी छ। युक्रेनको क्राइमियालाई रुसले सैन्या कारबाही गर्दै रुसमा बिलय गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *