बाँकेमा दुईजना संक्रमितको मृत्यु

डिसी नेपाल
९ वैशाख २०७८ २२:५८
80
Shares

काठमाडौं। बाँकेमा दुईजना कोरोना संक्रमितको बिहीबार अबेर मृत्यु भएको छ। बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा एक महिला र एक पुरुषको मृत्यु भएको हो। बाँकेकी ७१ वर्षीया महिला र सल्यानका ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

पछिल्ला दिनहरुमा बाँके कोरोना हटस्पट बनेको छ। बिहीबारमात्र ३ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारदेखि लकडाउन गरिएको छ। उता भेरी अञ्चल अस्पताल कोरोना विरामीले भरिएको छ। विरामीले बेड नपाएर पेटीमै बस्नुपर्ने अवस्था आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *