एमाले विवादः नेपालले भेटे गौतमलाई

डिसी नेपाल
१० वैशाख २०७८ १९:५९
604
Shares

काठमाडौं। एमालेमा चर्किरहेको विवादका बीच शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको महाधिवेशन आयोजक समितिको बैठकले माधव नेपालकुमार सहित उनी निकट नेताहरुलाई हटाएर स्थायी समिति बनाएको छ। र नेताहरुको कार्यविभाजन पनि गरेको छ।

सो स्थायी कमिटीमा अटाएका तर जिम्मेवारी नपाएका नेता वामदेव गौतम र नेता माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ। यो भेटवार्ता नेता नेपाल जनकपुरबाट फर्केपछि शुक्रबार भएको हो। यो भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता गौतमबीच भएको डिनर मिटिङमा केन्द्रित रहेको जनाइएको छ। डिनर मिटिङमा आफूले कुनै सहमति नजाएको नेता गौतमले नेता नेपाललाई बताएका थिए।

यसैबीच आफूलाई स्थायी समितिमा राखिएको बारे नेता गौतमले जानकारी नभएको बताएका छन्। उनले आफू एमालेको निर्वाचित उपाध्यक्ष रहेको भन्दै उपाध्यक्ष स्वतः स्थायी समितिमा हुने भन्दै शुक्रबार बनाइएको स्थायी समितिप्रति असहमति जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *