एमाले अध्यक्ष ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

डिसी नेपाल
१२ वैशाख २०७८ ८:०८

काठमाडौ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। ओलीले अहिले विहान दश बजे महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘पार्टी अध्यक्षले आकस्मिक केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको जानकारी आएको छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘बैठकको एजेण्डाका विषयमा जानकारी छैन।’

एमाले महाधिवशेन आयोजक कमिटीको बैठक केही दिन अगाडि नै सकिएको थियो। ओलीले आकस्मिक रुपमा फेरि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

एमालेले बैशाख ७ गते माधव नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो। सोही विषयमा छलफल गर्न ओलीले आकस्मिक महाधिवशेनको आयोजक कमिटीको बैठक बोलाएका हुन्।

एमालेले पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत २७ जनालाइ स्पष्टिकरणा साेधकाे थियाे। यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *