‘तत्काल देशभरि लकडाउन नहुने, कोरोना नियन्त्रणका लागि पार्टी परिचालन गरिने’

डिसी नेपाल
१२ वैशाख २०७८ १३:२३
260
Shares

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले पहिलो प्राथमिकता लकडाउन भन्दा पनि नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा ध्यान केन्द्रित हुने बताएका हुन्।

उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ । कोरोना बढ्यो भने स्थानीयस्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

त्यस्तै, कोभिड–१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ। एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले बिहीबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड नियन्त्रणका कार्यमा खटिन निर्देशन दिएको बताए।

उनका अनुसार जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, जागरण अभियान चलाउने र कोरोनाविरुद्ध पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *