कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहभागी हुन सोमबार केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो दुई बजे बैठक बोलाएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment