युट्युबमा भिडियो लाइभ गरेर गर्लफ्रेण्डको हत्या, लाइभ भिडियो हेर्नेहरुलाई समेत जेल सजाय

डिसी नेपाल
१५ वैशाख २०७८ १०:००

काठमाडौं। एक व्यक्तिले युट्युबमा भिडियो लाइभ गरेर आफ्नो गर्लफ्रेण्डको हत्या गरेका थिए । अहिले ती हत्याराका साथै उनले लाइभ गरेको भिडियो हेर्नेहरुलाई समेत जेल सजाय भएको छ । स्तानिस्लाभ रेसेत्निकोभ नाम प्रयोग गर्ने ३० वर्षका स्टास रिफ्ले नामका ती रुसी युट्युबरलाई दोषी ठहर गर्दै ६ वर्ष दुर्गममा कडा निर्वासनपछि मृत्युदण्डको सजाय सुनाइएको छ ।

२८ वर्षकी भ्यालेन्टिना ग्रिगोर्येभालाई लाइभ अनलाइन भिडियोमा यातना दिइएको देखिएको थियो । जाँचमा उनको टाउकोमा चोट लागेका कारण मृत्यु भएको पाइएको थियो । उनलाई लाइभ भिडियोमा यातना दिइरहेका रेसेत्निकोभलाई भिडियो हेर्नेहरुले अरु गालीगलौज गर्न र शारीरिक यातना दिनको लागि पैसा दिएका थिए । भिडियोको अन्त्यमा उनको मृत्यु भएको थियो । आश्चर्यजनक रुपमा रेसेत्निकोभ मस्को अदालतमा उपस्थित हुँदा उनकी आमाले उनलाई किस गरेको देखिएको थियो ।

द सनमा प्रकाशित रिपोर्टअनुसार लाइभ स्ट्रिमको भिडियोमा उनले ग्रिगोर्येभालाई वेश्या भन्दै यातना दिएका थिए । रुसी समाचार रिपोर्टमा उनलाई लगभग पूरै नग्न अवस्थामा झण्डै शुन्य डिग्रीको तापक्रम भएको ठाउँमा थुनेर राखिएपछि उनको मृत्यु भएको भनिएको थियो । र, यो दृश्य पनि मानिसहरुले युट्युबमा हेरेका थिए । पछि फरेन्सिक रिपोर्टमा भने उनको मृत्युको कारण टाउकोमा लागेको चोट बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *