कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं। दिउँसो २ बजे बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ। भदौमा हुने १४औँ महाधिवेशन र समसमायिक राजनीतिक घटनाक्रममा केन्द्रित भएर बस्ने भनिएको बैठक केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई कोरोनाका पुष्टि भएपछि स्थगित भएको हो।
क्रियाशिल सदस्यता र नवीकरणको तथ्याङ्क बैशाखको दोस्रो सातासम्म बुझाउने मिति तय गरेको काँग्रेसले आज (बुधबार)को बैठक स्थगित भए पनि दर्ता प्रक्रियाको काम भने राति १२ बजेसम्म हुने केन्द्रीय सदस्य कल्याण गुरुङले बताए।
सबै जिल्लाहरुले क्रियाशिल सदस्यता र नवीकरण दर्ता भईसकेको छ। बाँकी तीन जिल्ला सप्तरी, बारा र सिन्धुपाल्चोक रहेकाले भोलीबाट अर्को सूचना नआएसम्म स्थगित हुने नेता गुरुङले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment