२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २ हजार बढी संक्रमित

डिसी नेपाल
१५ वैशाख २०७८ १६:४८

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा करिब ५ हजार कोरोना संक्रमणका केस पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

१३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *