खुल्ला मञ्चको बसपार्क बन्द, सवारी साधान प्रवेशमा रोक

डिसी नेपाल
१५ वैशाख २०७८ २२:२७

काठमाडौं। बुधबार साँझदेखि काठमाडौं महानगरले खुल्ला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ। साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो। सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाएको छ। बसपार्क खाली गराइएको छ।

बैशाख ९ गते महानगरले खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन बुधबारदेखि खुल्ला मञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार यस बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए। जसमध्ये करिव २७ वटा कम्पनी छोटो दुरुीका र करीब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गर्छन्।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ। टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन्।यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन्। पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन्।’

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चमा ल्याइएको थियो। तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुल्ला मञ्चलाई खुल्ला राख्न महानगरले बसपार्क हटाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *