बालबालिका खेलिरहेको पार्कमा निर्लज्ज जोडीको चर्तिकला

डिसी नेपाल
१६ वैशाख २०७८ १३:००

काठमाडौं। सार्वजनिक पार्कमा बालबालिकाहरु खेलिरहेका बेला रतिक्रिडामा मस्त जोडीलाई एक महिलाले त्यही आएर आपत्ति जनाएपछि उनीहरुले गल्ती भएको स्वीकार गरेका छन् । उनीहरुको चर्तिकलाले आक्रोशित एक स्थानीयले खिचेको भिडियोमा यो जोडी एल्सबरी बक्सको एडिनबर्ग प्लेइङ फिल्ड्समा अश्लील कार्यमा लिप्त देखिन्छन् ।

भिडियोमा देखिएअनुसार भिडियो खिच्ने ती महिला त्यो जोडी भएको ठाउँमा जान्छिन् र ‘यहाँ बालबालिकाहरु छन् अनि तिमीहरुले गरिरहेको काम ठिक हो ?’ भनेर सोध्छिन् । त्यसपछि त्यो जोडीले यो ठिक नभएको बताउँदै आफूहरुले गल्ती गरेको स्वीकार्छन् । द सनमा प्रकाशित रिपोर्टअनुसार महिलाले झपारेपछि उनीहरु उठ्छन् र कपडा लगाउँछन् । महिलाले यो फोटो फेसबुक ग्रुपमा शेयर गरेकी थिइन् जहाँ यो भाइरल भएको छ ।

थामेस भ्याली पुलिसका एक प्रवक्ताले द सनसँग कुरा गर्दै यो घटनाबारे आफूहरुकहाँ शुक्रबार दिउँसो ३ बजेर ५० मिनेटमा उजुरी आएको बताएका छन् । यो घटनाको उजुरी दर्ता भएको र ती नियम उल्लंघनकर्ताको पहिचानको लागि अनुसन्धान जारी रहेको पुलिसले बताएको छ । पुलिसले ती व्यक्तिहरुको पहिचान थाहा भएमा आफूहरुलाई खबर गरिदिन पनि अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *