माथिल्लो तामोकोशीको मुख्य सुरुङमा भोलि पानी हालिने
काठमाडौं। स्वदेशी लगानीमा निमार्ण भइरहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी छोड्ने कामको सुभारम्भ गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले संयूक्तरुपमा ४ सय ५६ मेगावाटको आयोजनाको सुरुङमा पानी खसाल्ने कामको सुभारम्भ गरेका हुन्। उनीहरूले डिस फिल्टिङ मेसिनमा पानी कामकाे सुभारम्भ गरेका हुन्। मन्त्रीद्वय अनुगमन तथा निरीक्षणको लागि आयोजनाको निर्माणाधिन स्थल दोलखा पुगेका थिए।
वैशाख मशान्तमा उत्पादनको तयारीमा जुटेको आयाजनाको बिहीबार डिस फिल्टिङ मेसिनमा पानी राखिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि मुख्य सुरङमा पानी खसालिने छ।
‘१०-१२ दिन जति भरिन लाग्छ,’ न्यौपानेले भने, ‘मुख्य सरुङमा पानी पठाएर परीक्षण गर्ने काम हुन्छ। त्यसलाई विभिन्न चरणमा परीक्षण गरिने छ। परीक्षणपछि समस्या नभएको अवस्थामा अबको १५ -२० दिन पछि बत्ति बल्ने छ।’ सबै काम सकिएकाले अब चाँडै अपर तामाकोशी आयोजना पुरा भएर सञ्चालनमा आउने उनले जानकारी दिए।
आयोजनाले वैशाख मशान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना अन्तिम चरणमा रहे पनि निर्माणमा अनावश्यक ढिलाई भइरहेको भन्दै छिटो सक्न कडा निर्देशन दिएका थिए।
उद्घाटन प्रधानमन्त्रीबाट
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले केहीदिनभित्रै उक्त आयोजनाबाट उत्पादन हुने विद्युतको उद्घाटन गर्ने छन्।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने गर्नेछ। ३५ अर्ब ३३ करोडमा निमार्ण सकिने भनिएको आयोजनाको लागत बढेर ८० अर्ब पुग्ने अनुमान गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment