लुम्बिनीका सांसदको पद गएपछि जसपामा भाँडभैलो

डिसी नेपाल
१६ वैशाख २०७८ १९:२२

काठमाडौं। जनता समाजवादी पार्टीको नितीविपरित मन्त्री बनेको भन्दै जसपा केन्द्रीय कार्यकारिणीको बैठकको निर्णयअनुसा लुम्बिनी प्रदेशस सभाका ४ जना बिहीबार पदमुक्त भए। लुम्बिनी प्रदेशसभा सचिवलायले सूचना टाँसेर चारजनाको पद गएको जानकारीपछि जसपामा भाँडभैलो शुरु भएको छ।

अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभाका सभामुखलाई एक पत्र लेख्दै कुनै पनि सांसदलाई कारबाही नगरिएको बताएका छन्। तर, चारजनाको पद गइसकेको अवस्थामा अब के हुन्छ ? भन्ने विषय पेचिलो बनेको छ। यो विषयले जसपामा आन्तरिक रुपमा भुसको आगो झै बलिरहेको विवाद सतहमा आएको छ।

महन्थ ठाकुर समूहका एक नेताले डिसी नेपालसँग भने, ‘पार्टीको कार्यकारिणी समितिको बैठक नै बसेको छैन। उनीहरुले किर्ते गरेर कारबाहीको पत्र पठाएका हुन्।’ उनका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले २६ जना कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गरेर पत्र पठाएका थिए।

लुम्बिनीमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता भएकै दिन मन्त्रीको शपथ लिएका थिए। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता नै मन्त्री बनेपछि पोखरेलको सरकार जोगिएको छ। अविश्वासको प्रस्ताव अलपत्र छ। तर यो विषयले जसपामा भने विभाजनको रेखा कोरिदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *