रुसी राजदूतले भेटे प्रधानमन्त्री ओलीलाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका छन्।
जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए। भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाममाथि चर्चा भएको थियो। भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको थियो।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment