दिल्लीस्थित अस्पतालमा अक्सिजन नहुँदा १२ जना विरामीको मृत्यु
काठमाडौं। भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा अक्सिजनको अभाव हुँदा अस्पतालमा भर्ना भएका १२ जना विरामीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीस्थित बत्रा अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको अक्सिजन नहुँदा मृत्यु भएको छ।
अस्पतालले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ। अस्पतालले अस्पतालमा अक्सिजन नभएपछि विरामीको अक्सिजन लेभल घटेको र उनीहरुलाई बचाउन नसकिएको बताएको छ। अस्पतालले मृतकको संख्या अझै बढ्न सक्ने र २४ घण्टा निकै महत्वपूर्ण हुने बताएको छ।
यसअघि दिल्लीकै अर्को अस्पतालमा अक्सिजन नहुँदा २२ जना विरामीको मृत्यु भएको थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै अस्पतालहरुमा अक्सिजनको हाहारकार मच्चिएको छ। भारतले विभिन्न मुलुकहरुबाट अक्सिजन आयात गरिरहेको छ। तर, पनि अस्पतालहरुमा पर्याप्त अक्सिजन छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment