रोकिएको भारतीय कारमा तीन बालबालिकाको शव, अनुसन्धानमा जुट्यो प्रहरी

डिसी नेपाल
१८ वैशाख २०७८ २२:०८
456
Shares

काठमाडौं। दाङमा रोकिएको एक भारतीय नम्बर प्लेट भएको कारमा तीनजना बालबालिकाको शव फेला परेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को स्वर्गद्वारी टोलमा रोकेर राखिएको कारमा शनिबार तीनजना बालबालिकाको शप फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘रोकेर राखेको कारबाट गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले कारमा हेर्दा शव देखियो।’

उनका अनुसार सो कार दुई–तीन महिनादेखि सोही स्थानमा रोकेर राखिएको थियो। तर, शव भने त्यति पुरानो नभएको एसपी चन्दले बताए। उनले भने, ‘शव त्यति पुरानो जस्तो देखिएको छैन। तर पनि कति पुरा हो भन्ने विशेषज्ञबाट थाहा होला।’ उनले शव नेपालीकै हुन सक्ने अनुमान गरे। तर घटनाबारे थप अनुसन्धानपछिमात्र शवबारे केही भन्न सकिने उनले बताए।

उनका अनुसार तुलसीपुर इलाका प्रहरी कार्यालयमा केही दिन पहिला बालबालिका हराएको निवेदन परेको छ। तर, यो शव फेला परेको घटना र बालबालिका हराएको निवेदनलाई जोड्ने कडी प्रहरीले फेला पारिसकेको छैन। तर, प्रहरीले यी दुबै घटनालाई जोडेर अनुसन्धान केन्द्रित गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *