४२ जना सांसदको हस्ताक्षर बोकेर विपक्षीले भेटे प्रदेश प्रमुख, पोखरलेको नियुक्ती बदर गर्न माग

डिसी नेपाल
१९ वैशाख २०७८ १७:००

काठमाडौं। लुम्बिनी प्रदेशमा आइतबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नाटकीय राजनीतिक घटनाक्रमले आइतबार अपराह्नसम्म आइपुग्दा अर्कै मोड लिएको छ। मुख्यमन्त्री पोखरेलले दोस्रो कार्यकालका लागि आइतबार नियुक्त भइसकेका छन्।

तर विपक्षीहरुले भने बहुमत आफूहरुसँग हुँदा हुँदै प्रदेश प्रमुखले संविधान मिचेर अल्पमत पक्षलाई मुख्यमन्त्री बनाएको दावी गरेका छन्। यतिबेला विपक्षीहरु ४२ जना सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुख धर्मनाथ यादवकोमा छन्।

प्रदेश प्रमुखको कार्यालय परिसरमै रहेका कााग्रेस प्रमुख सचेतक फखरुदिन खानले डिसी नेपालसँग फोनमा भने, ‘हामी अहिले प्रदेश प्रमुख कार्यालयका प्रांगणमै छौं। पोखरेलको नियुक्त बदर गर्नुपर्छ। प्रदेश प्रमुखले एमालेको कार्यकर्ता जस्तै काम गर्नुभएको छ। संविधान मिचेर अल्पमतलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ। हामी पोखरेललाई शपथ ग्रहण गर्न दिँदैनौं।’

एमालेबाट जितेका दुईजना सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीसमेतले विपक्षीको गठबन्धनमा हस्ताक्षर गरेका छन्। यी दुईजनाले राजीनामा दिने चर्चा चलेको थियो। तर, उनीहरुले राजीनामा नभई विपक्षीको गठबन्धनमा हस्तक्षर गरेका हुन्। यी दुईजना एमालेका नेता भने होइनन्। तर, एमालेको सूर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार भई जितेका हुन्।

उता एमालेका एकजना सांसद दृर्गनारायण पाण्डेयले राजीनामा दिइसकेका छन्। तर, उनको राजीनामा स्वीकृत भने भएको छैन। हाल ८१ सदस्यीय प्रदेशसभामा विपक्षीहरुसँग ४२ जनाको हस्ताक्षर भएसँगै पोखरेल अल्पमतमा देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *