सरकार भन्छ, ‘शैय्या छैनन्’, निजी मेडिकल कलेज भन्छन् ‘हामीसँग पर्याप्त शैय्या छन्’

सम्भव सिंह ठकुरी
१९ वैशाख २०७८ १७:२१

काठमाडौं। नेपालमा कोरोनाको दोस्रो लहरले संक्रमितको संख्या हाल सम्मकै उच्च स्थानमा पुगेको छ। आइतबारमात्र संक्रमितको संख्या सात हजार एक सय सँैतिस पुगेको छ। यसअघि शनिबार संक्रमितको संख्या पाँच हजार सात सय त्रिसठ्ठी थियो।

नेपालमा आजको संक्रमित संख्या अहिले सम्मकै सम्मकै उच्च संख्या हो। काठमाडौ उपत्यकामा संक्रमितको संख्या देशभरीमै सबभन्दा धेरै छ।पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र पैँतिस सय पन्चानब्बे संक्रमित संख्या पुगेको छ।

संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेपछी यसअघि नै स्वास्थ्यमन्त्रालय स्थिति नियन्त्रण बाहिर जान लागेकोले सरकारलेमात्र धान्न नसक्ने बताएको थियो। के काठमाडौं उपत्यका सञ्चालित सरकारी र निजी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको खण्डमा कोरोना संक्रमितहरुको उपचार सहज होला त? यस बिषयमा डिसी नेपालले खोजी गर्दा नेपाल सरकार र निजी अस्पतालहरुबीच सहकार्यको प्रष्ट अभाव देखिन्छ। कुनै अस्पताल संक्रमितले भरिभराउ छन् त कतै सुनसान देखिन्छ।

काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन्। साथै नेपाल मेडिकल कलेज र किस्ट मेडिकलका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी मध्ये हाल त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र अस्पतालमामात्र संक्रमितको उपचार भइरहेको छ।

कोरोनाका बिरामीहरुको उपचार सरकारी अस्पतालको अनुपातमा निजी अस्पतालमा कमै हुने गरेको छ। नीजि अस्पतालहरु सुनसान देखिन्छन। सरकारी अस्पतालको शैय्याहरु कोरोना संक्रमितले भरिँदा निजी अस्पतालहरुमा त्यस्तो अबस्था छैन। सरकारी अस्पतालहरुमा संक्रमितको संख्या दिनहुँ भरिभराउ हँदा निजी अस्पतालहरुमा पनि आवश्यक स्वास्थ्य पूर्वाधार रहेको निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसियन अफ प्राइभेट हेल्थ इन्स्टीच्युसन नेपाल अफिनको बरिष्ठ उपाध्यक्ष कुमार थापा बताउँछन्।

धेरै निजी अस्पताल भएको काठमाडौंमा कोरोनाको उपचार गर्न प्रायः सबै अस्पतालहरु सक्षम छन्। सरकारी अस्पतालहरुमा संक्रमितको संख्या धेरै भएर बेड र अक्सिजनको अभाव भएको समाचार सार्वजानिक हुन थालेको छ।

तर अहिलेको अवस्थामा निजी अस्पतालहरुमा बेडको अभाव नभएको कुमार थापाले डिसी नेपाललाई बताए। उनका अनुसार सरकारले सबै मेडिकल कलेज र निजी अस्पतालहरुबीच सहकार्य गरी तत्काल कोभिड अस्पताल बनाउने हो भने संक्रमितले उपचार र बेड नपाएर मृत्यु भएको भन्ने कुरा कम गर्न सकिन्छ।

कुमार थापाका अनुसार प्रायः सबै अस्पतालमा ५० भन्दा बढी आईसीयूको व्यवस्था रहेको छ। सरकारले मेडिकल कलेजको खाली शैय्यामा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था तत्काल मिलाउने हो भने संक्रमितले उपचार नपाएर ज्यान जाने अवस्था रोकिन सक्छ। र यसका लागि निजी अस्पतालहरुलाई प्रयोगमा ल्याउनुपर्छ।

स्वस्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले पनि अहिले देश भरिका मेडिकल कलेज र निजी अस्पतालसँग कोभिड संक्रमितको उपचार गर्न सम्झौता भइरहेको बताए। देशमा कोरोनाको विषम परिस्थिति मा छौँ। यसको लागि सबैको सहयोग र सम्झौता बाट मात्र यो रोग परास्त गर्न सक्छौँ त्यसका लागि हामि निजी अस्पताल र मेडिकलहरुमा सम्झौता गरेर उपचार गराउन लागिरहेका छौं,’ उनले भने।

उनका अनुसार अस्पतालकको क्षमता अनुसार संक्रमितका लागि चार सय शैय्या उपलब्ध गराउने बारे निजी मेडिकल अस्पतालसँग सहकार्य हुने तयारी भएको छ। सबै मेडिकल कलेजसँग सम्झौता भइरहेको छ। गम्भीर रूपमा ग्रसित भएको संक्रमितको लागि मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था पनि चाँडै मिलाउँदै छौं,’ उनले भने।

मन्त्रालयले जारी गरेको सूचनामा २५ देखि २ सय शैय्या क्षमता भएका सरकारी, सामूदायिक, गैरसरकारी र निजी अस्पतालसँग संक्रमितको उपचारका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने उल्लेख छ । सबै मेडिकल कलेज र २ सयभन्दा बढी शैया भएका अस्पतालसँग मन्त्रालयले सम्झौता गर्ने सूचनामा उल्लेख छ ।

सरकारले नीजिलाई, नीजिले सरकारलाई निःशर्त सहयोग गर्नुपर्छः गगन थापा

सर्वप्रथम त यो निषेधाज्ञा लगाएको बेलामा संक्रमित भएको मानिसहरुको सम्पर्कमा आएका मानिसहरुलाई ट्रेसिङ गर्ने अथवा छुट्टै राख्ने र सकेसम्म मान्छेलाई संक्रमित हुन नदिने यो विषयमा स्वस्थ्य मन्त्रालयले ध्यान दिन सकेको छैन। त्यसैले अहिले अस्पताल सँगै यो विषयमा पनि ध्यान दिन आवश्यक छ।

अर्को कुरा अब पहिले जस्तै देशै भरका स्थानिय तह सँग सहकार्य गरेर त्यो तहलाई उत्साहित गरेर पुरानो प्रणालीलाई पुर्नःस्थापित गर्न सक्नु पर्छ। र यसरी संक्रमित भएको ठुलो संख्या घरमै आईसोलेट हुन सक्छन्। घरमा बस्न नसक्ने मान्छेलाई स्थानिय तहको संस्थागत आईसोलेशन प्रणाली बनाइ त्यसमा बाईस तेईस सय जति मानिसलाई समेट्न सकिन्छ।

र घरमै आईसोलेसनमा बसेका बिरामीलाई स्थानिय तहले आवश्यक परामर्श र सहयोग गर्नु पर्छ। यतिहुँदा हुँदै पनि अहिले अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको अवस्था छ। हामी सँग अहिले भईरहेको अस्पतालको पुर्वधारले संक्रमितलाई थेग्न सक्दैन यो अवस्थामा सरकारी निजी केहि नभनी सरकारले निजीलाई र निजीले सरकारलाई आरोप लगाउनु हुँदैन।

नेपालमा सबै भन्दा धेरै मेडिकल कलेज भएको ठाँउ काठमाडौं हो। सरकारले तत्काल सबै मेडिकल कलेजहरुलाई सहमत गराएर काठमाडौंमा भएका ठुल ठुला मेडिकल कलेजहरुलाई कम्तीमा चार देखि पाँच महिना सम्म कोभिड अस्पताल बनाएर कोभिडको मात्र उपचार गर्न सक्यौँ भने बिरामीले सहज उपचार पाउँछन् र केही हद सम्म चाँडै नियन्त्रण गर्न सक्छौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *