मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

डिसी नेपाल
१९ वैशाख २०७८ २२:२२

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको छ । घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै चट्याङ लागेर घाइते भएका स्थानीयवासी ५६ वर्षीय वीरबल वाइवा र ४६ वर्षीय वीरबहादुर वाइवाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आज दिउँसो पानी परेपछि नजिकै रहेको बद्री घिमिरेका गोठमा ओत लाग्न पुगेका उनीहरू चटयाङ लागेर गम्भीर घाइते भएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *