चितवनमा कोरोनाका कारण दुईको मृत्यु

डिसी नेपाल
२० वैशाख २०७८ १३:३४

चितवन । जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ बजे मृत्यु भएको हो।

अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो।

यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *