त्रिशूलीमा शव फेला

डिसी नेपाल
२० वैशाख २०७८ १८:२२

चितवन। नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। ठिमुरास्थित नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *