पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जना कारबाहीमा

डिसी नेपाल
२० वैशाख २०७८ २२:०३

काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएक बेला यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि प्रहरीले देशव्यापी रप्मा ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई केही समय होल्डिङ गरेर सम्झाई बुझाई छोडिएको छ । साथै सोही देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका छन् ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरुमार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *