कांग्रेस नेता गोपाल दहित कोरोना संक्रमित
काठमाडौ। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा. गोपाल दहितलाई कोरोना संक्रमण भएको छ।
चार दिन अगाडि स्वाव दिएको डा. दहितको रिपोर्ट पोजेटिभ आएको हो। ‘चार दिन अगाडि स्वाव दिएको थिएँ, रिपोर्ट पोजेटिभ आएको छ,’ डा. दहितले डिसी नेपालसँग भने, ‘अहिले म बाँकेमा आइशोलेशनमा बसेको छु। स्वास्थ्यमा सुधार भइरहेको छ।’
सुरुमा टाउको दुख्ने, ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि कोरोनाको टेस्ट गराएको दहितले जनाए। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment