कोरोना कहर: के गर्दै छ नेपालगञ्ज उपमहानगरपालिका ? उपमेयर थापा मगरको जवाफ (अन्तर्वार्ता)

डिसी नेपाल
२२ वैशाख २०७८ ७:२४

काठमाडौं। नेपालमा कोरोना महामारीको दोस्रो लहर तिब्ररुपमा फैलिँदा सबैभन्दा धेरै प्रभावित हो नेपालगञ्ज उपमहानगरपालिका। दैनिक सयौंको संख्यामा संक्रमणका केसहरु पुष्टि भइरहेका छन्। भारतसँग सीमा जोडिएको नेपालगञ्ज पश्चिम नेपालको भारतसँगको एक प्रमुख नाका हो।

भारतमा फैलिएको कोरोना संक्रमणको प्रभाव नेपालगञ्जमा परेपछि त्यहाँको अवस्था त्रासदीपूर्ण बनेको हो। यही विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले के गरिरहेको छ भन्ने विषयमा उपमेयर उमा थापा मगरसँग डिसी नेपालले कुराकानी गरेको छ।

डिसी नेपालसँग उनले कोरोना संक्रमण निन्त्रणका लागि उपमहानगरले नाकालाई व्यवस्थित गर्नेदेखि परीक्षणको दायरा बढाएको जानकारी दिएकी छन्। उनले भारतसँगको खुला नाका चुनौती रहेको भन्दै यो विषयमा केन्द्रीय सरकारले नै निर्णय गर्नुपर्ने बताइन्।

तर पनि उपमहानगरले आफ्नो बलबुतामा गर्न सकिने कामहरु गरिरहेको बताइन्। उनले उपमहानगरले आइसोलेसन सेन्टर बनाउनेदेखि अस्पतालहरुलाई सहयोग गर्ने काम गरिरहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *