काेराेना संक्रमण : बेड र स्वास्थ्यकर्मीकाे चरम अभाव

उपेन्द्र शाही
२२ वैशाख २०७८ ८:३३

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको सम्भाव्य जोखिमले यतिखेर समाज आक्रान्त छ। महामरी तीव्र रुपमा फैलिरहेको छ। देशका सरकारी अस्पतालहरुमा उपकरण र स्वास्थ्य सामग्रीसहित जनशक्तिको चरम अभाव देखिन थालेको छ।

काठमाडौं उपत्यकासहित महामारीले अति प्रभावित अन्य भागमा अस्पतालले धान्न नसक्ने भएपछि कतिपय ठाउँमा गम्भिर प्रकृतिका विरामी पनि अस्पताल बाहिरै बस्न बाध्य छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर प्रमाणपत्र प्राप्त २७ हजार चिकित्सक छन् भने ९५ हजार नर्स छन्। यसमध्ये कति स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर आइसोलेसन बसेका छन्। यो जनशक्ति अहिलेको महामारीसँग लड्न प्रयाप्त छैन।

तर, समन्वय अभाव र व्यवस्थापनमा ढिलाई गर्दा त्यसको प्रत्यक्ष मारमा विरामी पर्न थालेका छन्। यसका लागि अध्यन सकिएका र सकिएर पनि काम नपाएकाहरुलाई काममा खटाउन सकिने भए पनि सरकारले एकदम सुस्त गतिमा काम गरिरहेको छ।

नेपालमा अहिलेको संक्रमणसँग लड्न जनशक्तिको अभाव नभएको बताउँछन् चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी। उनले सरकारको संयोजनकारी भूमिका प्रभावकारी नभएकै कारण अहिले अस्पतालहरुमा स्वास्थ्यक्रमीको अभाव देखिन थालेको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर प्रमाणपत्र प्राप्त २७ हजार चिकित्सक छन् भने ९५ हजार नर्स छन्। यसमध्ये कति स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर आइसोलेसन बसेका छन्। यो जनशक्ति अहिलेको महामारीसँग लड्न प्रयाप्त छैन। तर, समन्वय अभाव र व्यवस्थापनमा ढिलाई गर्दा त्यसको प्रत्यक्ष मारमा विरामी पर्न थालेका छन्।

‘अहिले हामीलाई डाक्टर र नर्स संख्याको हिसाबले प्रयाप्त नै देखिन्छ,’ उनले भने,  ‘संख्याको हिसाबमा हामीसँग संस्थागत स्वास्थ्यकर्मीको कमी देखिन्छ। संस्थामा काम गर्ने कम भए पनि जनशक्तिकै कमी भएको होइन। भएका दरबन्दीहरु रिक्त छन्। पूर्ति भएका जनशक्ति पनि कोरोना संक्रमण पुष्टि भएर घरमा बस्नेको संख्या बढीरहेको छ। गहन सेवामा लागेका हुनाले भएकै जनशक्तिले पनि उपलब्ध बेडलाई सेवा प्रभावकारी रुपमा दिन नसक्ने अवस्था छ। नयाँ जनशक्तिलाई आर्कषणको प्रयाप्त काम नभएकै कारण अहिले समस्या देखिएको हो।’

अहिले पनि काउन्सिलमै दर्ता भएका २० हजार भन्दा बढी नर्सहरु रोजगारविहीन भएर बसेका छन्। त्यस्तै अवकाश पाएका, रोजगार नपाएका, पढाइ पूरा गरेर बसेका, र पढाइ चलिरहेका चिकित्सकहरुको संख्यापनि उल्लेख्य छ। तर, आवश्यक सेवा सूविधा र समायोजनको कमी हुँदा उनीहरु बेरोजगार बस्नु परेको छ भने विरामीले ज्यान गुमाइरहेका छन्।

डा. गिरी महामारीको अबस्थामा पनि सरकार दरबन्दी कुर्दै बस्न नहुने बताउँछन्। दरबन्दीकै कारण अहिले धेरै अस्पतालहरुमा पदपूर्ति हुन नसकेको बताउँदै उनले आवश्यक्ताअनुसार जनशक्ति भर्ना गरेर अगाडि बढेमात्रै पनि स्वास्थ्यकर्मीहरुको अभाव नहुने बताए।

अहिले गम्भिर परिस्थितिमा काम गर्नु पर्ने बताउँदै उनले थप नयाँ जनशक्ति आर्कषणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताए। नयाँ स्वास्थ्यक्रमीको लागि इन्सोरेन्स, अतिरिक्त भत्ता, उनीहरुको पढाई, थाई नियूक्ति र परिवारहरुको व्यावस्थापनमा ध्यान दिने हो भने प्रयाप्त जनशक्ति नेपालमै रहेको उनको भनाइ छ।

यस्तै अहिले देखिएको अर्को समस्या हो अस्पतालमा बेडको अभाव। सरकारी अस्पतालमा बेड पाउन गाह्रो बन्ने अवस्था छ। अस्पतालका इमरजेन्सी बेडहरु पनि विरामीहरुले भरिन थालेका छन् भने गम्भिर प्रकृतिका विरामीले पनि बेड नपाएर छट्पटिनु पर्ने अवस्था छ। तर, अहिले काठमाडौं, पोखरा लगाएतक क्षेत्रमा बन्द होटेलका कोठाहरु खाली छन्। सरकारी संयन्त्रको त्यता ध्यान पुग्न नसक्दा विरामीहरुले सास्ति खेप्नु परिरहेको छ।

होटेलका कोठाहरु खालि रहेको अवस्थामा उचित व्यवस्था गरेर सरकारले चाहेमा आइसोलेसनको रुपमा प्रयोग गर्न सक्ने बताउँछन् होटेल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह।

उनले भने,  ‘सरकारसँग र व्यवसायीसँग यो विषयमा छलफल भइरहेको छ। अहिलेको र पहिले अवस्था फरक छ। मध्यरातमा अक्सिजन चाहियो भने के गर्ने? अहिले कोरोना भाइरस संक्रमितहरुमा गम्भिर प्रकृतिका लक्षणहरु देखिएका छन्। होटेलमा राखेपछि उनीहरुको सेवा सुविधा होटेलले पुर्याउन सक्दैन।’

अक्सिजन लगाएतका अस्पतालका सेवा सुविधासहित मेडिकल टीम र होटेलको टीमहरुबीचको सम्झौता हुन आवश्यक रहेको उनको भनाइ छ। सरकारले चाहेमा देशमा प्रयाप्त मात्रामा होटेल खालि रहेको र त्यसलाई आइसोलेसनको रुपमा परिचालन गर्न सकिने उनको भनाइ छ।

महामारीका धेरै कुरा अनुसन्धानकै क्रममा रहे पनि एउटा कुरामा सबै सहमत छन्, त्यो हो देखिएका लहरहरुको सुरुवात, पिक र विस्तार सामान्य हुन्छ। त्यसैले भाइरससँगको युद्धको लागि आवश्यक तयारी विना मैदानमा गइयो भने अबको केही महिनामा कोरोना संक्रमणले भयावह रुप लिन सक्छ। त्यसप्रति सरकारी निकायले विशेष ध्यान दिएर काम अगाडि बढाउनु पर्छ। र नागरिकहरुले पनि विषेश संयम्ता अपनाउन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *